आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

काठमाडौंमा दुईजनामा कोरोना भाइरसको संक्रमण

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार १६:३६ मा प्रकाशित (३ साल अघि) ५३७ पाठक संख्या

काठमाडौं । काठमाडौंमा थप दुईजनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा दुईजनामा कोरोना संक्रमण भएको जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर संक्रमितको संख्या ११६ जना थपिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थप १ सय १६ जनामा कोरोना भएसँगै संक्रमितको संख्या देशैभर १७ हजार ६१ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये १० हजार ३ सय ६१ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाले ज्यान गुमाएका छन् ।