आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित थपिए

गोकर्णेश्वर खबर२९ असार २०७७, सोमबार १६:३३ मा प्रकाशित (३ साल अघि) ७३३ पाठक संख्या

काठमाडौं । बितेको २४ घण्टामा उपत्यकामा ९ जनामा कोरोना संक्रमति थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

बितेको २४ घण्टामा देशभर १४४ कोरोना संक्रमित थपिएका छन् ।