आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नेविसंघको प्रदर्शन : ‘नाफा–घाटा जान्दैनौँ,मूल्य वृद्धि मान्दैनौँ’

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार १४:२६ मा प्रकाशित (३ साल अघि) ७१५ पाठक संख्या

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँमा प्रदर्शन गरेको छ । नेविसंघका विद्यार्थी नेताहरुले बबरमहलमा आइतबार प्रदर्शन गरेका हुन् ।

उनीहरुले ‘नाफा–घाटा जान्दैनौँ, मूल्य वृद्धि मान्दैनौँ’ सहितका नारा लगाएर बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले निगमको कार्यालय घेराउ गरी नारा लगाएका हुन् ।

सरकारले लगातार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा सर्वसाधारण जनता मारमा परेकाले तत्काल मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुको माग छ ।

सरकारले पछिल्लो पटक शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ छ ।