आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

सुनको मूल्यमा सामान्य गिरावट

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार १२:२२ मा प्रकाशित (३ साल अघि) २०८ पाठक संख्या

काठमाडौं – साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु १०० ले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।