आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार १६:४३ मा प्रकाशित (३ साल अघि) ४७२ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका तीनसहित अहिलेसम्म ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

काठमाडौं शंखमुलका एकजना पुरुषको पाटन अस्पतालमा उपचारका क्रममा २६ गते मृत्यु भएको छ । त्यस्तै सिन्धुपाल्चोक पाँचपोखरीका ४५ वर्षीय पुरुषको पनि पाटन अस्पतालमै उपचारका क्रममा २५ गते ज्यान गएको छ ।

काठमाडौं गोकर्णेश्वरका ५४ वर्षीय पुरुषको भने काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा २५ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता गौतमले संक्रमितको संख्या १६ हजार ७ सय १९ पुगेको जानकारी दिए । संक्रमितमध्ये ८ हजार ४ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने ३८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।