आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

बालाजु वृत्तमा कार्यरत प्रहरी निरीक्षकमा पनि भेटियो कोरोना

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार १४:३३ मा प्रकाशित (३ साल अघि) ३०५ पाठक संख्या

काठमाडौं – महानगरीय प्रहरी वृत्त बालाजुका एक प्रहरी निरीक्षकमा कोरोना संक्रमण देखिएको छ । बालाजु वृत्तमा कार्यरत उनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।

शुक्रवार नमूना परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको जनाइएको छ । उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

ती प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा कोरोनाको संक्रमण देखिएपछि अन्य प्रहरीको पनि पीसीआर जाँच गरिने तयारी भएको छ ।

टोखामा बस्दै आएका गोरखाका उनी लकडाउनयता काठमाडौं बाहिर गएका थिएनन् । उनमा कोरोना रिपोर्ट पोजेटिभ देखिए पनि परीक्षण गरिएका अन्य २५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।