आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार २०:४८ मा प्रकाशित (३ साल अघि) ४३० पाठक संख्या

काठमाडौं – नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको हो ।

सरकारले असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । १० दिनकै बीचमा पेट्रोलको मूल्य लिटरमा ६ र डिजेलमा ३ रुपैयाँले बढेको छ ।

अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको निगम प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखिएको छ ।