आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार १६:३९ मा प्रकाशित (३ साल अघि) ५०४ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या काठमाडौं उपत्यकामा बढ्न थालेको छ । देशभर १ सय १८ जना संक्रमित फेला पर्दा उपत्यकाका तीन जिल्लामा ४२ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका काठमाडौंमा २८ जना, ललितपुरमा १३ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।

गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ सय १८ जनासहित देशभर संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको जानकारी दिए ।

संक्रमितमध्ये ८ हजार ११ जना उपचारपछि घर फर्किएका छन् भने ३५ जनाले ज्यान गुमाएका छन् ।