आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

कस्तो दुखद घटना : बिहे गर्दागर्दै बेहुलीको मृत्यु

गोकर्णेश्वर खबर२४ असार २०७७, बुधबार १९:१३ मा प्रकाशित (३ साल अघि) ४३६ पाठक संख्या

नयाँ दिल्ली – भारतको उत्तर प्रदेशमा भइरहेको एक बिहेमा बेहुलीको मृत्यु भएको छ । यो घटना कन्नौज जिल्लाको हो । उक्त जिल्लामा बिहे गर्दागर्दै बेहुलीको मृत्यु भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

बेहुला सञ्जय शुक्रवार राति आफ्नो परिवारका साथ विनितालाई लिन पुगेका थिए । बिहेका बेला १९ वर्षीय विनिताले असहज महसूस गरिन् र बेहोस भइन् ।

उनका परिवारले विनितालाई लिएर अस्पताल पुगे । तर, अस्पतालले भने कोरोना नेगेटिभ भएको प्रमाणपत्र ल्याउन भन्दै भर्ना गर्न मानेन ।

विनिताका पिता कानपुर पुगे । तर, त्यतिबेलासम्म हालत बिग्रिसकेको थियो । समयमा उपचार नपाएर उनको ज्यान गयो ।

कन्नौज प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि पठाएका छन् भने घटनाबारे अनुसन्धान भइरहेको छ ।