आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

एकैदिन २६४ जनाले जिते कोरोना,निको हुनेको संख्या ६ हजार ८११ पुग्यो

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार १७:०० मा प्रकाशित (३ साल अघि) १९२ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार८११ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।