आज: ८ जेष्ठ २०८१, मंगलवार | Tue, 21, May, 2024

नेपाल एयरलाइन्सका ३ पाइलटसहित १४ उडान कर्मचारीमा पनि भेटियो कोरोना

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार १५:१२ मा प्रकाशित (३ साल अघि) २६० पाठक संख्या

काठमाडौं – तीन पाइलटसहित नेपाल वायुसेवा निगमका १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेको नेपाल वायुसेवा निगम स्रोतले पुष्टि गरेको छ । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।

नेपालीलाई घर फर्काउने अभियानमा विभिन्न गन्तब्यमा खटिएका उडान कर्मचारीमा कोरोना देखिएको हो ।
कोरोना भाइरस नेपाल एयरलाइन्स

शुक्रबारदेखि भारी वर्षासँगै बाढी तथा पहिरोको जोखिम,पूर्वतयारीमा जुट्न महाशाखाको आग्रह

काठमाडौं यही असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा ठूलो बाढी आउने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन र नदी किनार क्षेत्रमा आगामी तीन दिनसम्म निर्माण कार्य नगर्न महाशाखाले अनुरोध गरेको छ ।

बाढीबाट प्रदेश १ र २ को तराई भूभागमा बढी जोखिम हुने महाशाखाले पूर्वानुमान गरेको छ । त्यसैले ती क्षेत्रमा पूर्वतयारीमा जुट्न महाशाखाले भनेको छ ।

आज भने बागमती, तिनाउ, पश्चिम राप्ती र बबईका सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कताको तहसम्म पुग्ने अनुमान गरिएको छ ।

कन्काई, कोशी, कमला, बागमती, पश्चिम राप्ती, बबई, कर्णालीलगायतका नदीहरुमा पानीको बहाव बढ्दो क्रममा रहे पनि सबैमा सतर्कताको तहभन्दा तलै रहने महाशाखाले जनाएको छ ।

बग्दादस्थित अमेरिकी दुतावास र सैनिक मुख्यालयमा रकेट हमला
एजेन्सी इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दुतावास र सैनिक मुख्यालयमा रकेट प्रहार भएको छ । समाचार माध्यमहरुका अनुसार पहिलो प्रहार अमेरिकी दुतावासमा भएको थियो । जुन ग्रिन जोन मानिन्छ । त्यस्तै बग्दाद मै रहेको सैनिक मुख्यालयलाई लक्षित गरी अर्को रकेट प्रहार भएको छ । सो रकेट प्रहार इरानी समर्थित समुहले गरेको हुनसक्ने अनुमान गरिएको छ ।

रकेट मुख्यालयसँगै रहेको घरमाथि खस्दा एक बालक घाइते भएको बताइएको छ । इराकमा गत अक्टोबरदेखि अमेरिकी कुटनीतिज्ञ तथा सैन्य अखडालाई निशाना बनाई पटक पटक आक्रमण हुन थालेको छ। यो हमलापछि इराकी सुरक्षाबलले बग्दादको दक्षिणी क्षेत्रमा छापा मारेर एक दर्जन भन्दा बढी इरान समर्थित लडाकुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

११ वर्षीया कञ्चनको बलात्कारपछि हत्या भएको खुलासा, एक भारतीय नागरिक पक्राउ

जनकपुरधाम जनकपुरकी ११ पर्षीया बालिका कञ्चनलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भारतीय नागरिक हुन्। भारतको उत्तर प्रदेश जिल्ला मलिहावाद थाना काकोरी ग्राम पञ्चायत ११ बस्ने ३२ वर्षका दीपु सिंह रहेका धनुषा प्रहरीले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाको चारदिनपछि पक्राउ गरी सोमबार बिहान सार्वजनिक गरेको हो। उनी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थास्थित मिश्र र चौधरी इन्डस्ट्रिजमा कार्यरत थिए।

गएको बुधबार स्थानीय विनोद पजियारकी छोरी ११ वर्षीया कञ्चन स्थानीय आँप बगैँचामा भैँसी चाराउन गएकी थिइन्। सोहि बेला सिंहले आँप दिने लोभनमा फकाइ इन्ड्रट्रिजकै पछाडिको बगैँचामा लगि बालिकाको मुख थुनेर बलात्कार अनुसन्धानबाट खुलेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

गएको शुक्रबार दिउँसो कञ्चनको शव नजिकैको दुधमती नदि किनारको झाडीमा नग्न अवस्थामा फेला परेको थियो। घटना पश्चात प्रहरीले २० शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

हत्या अभियोगमा पक्राउ परका सिंहले आफूले बालिकालाई आँप दिने प्रलोभनमा फकाएर बालत्कार गरी हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिताको निधन
काठमाडौं नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका पिता कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति निधन भएको हो।

९८ वर्षीय घिसिङ बाथरुम जाने क्रममा बेहोस भएका थिए। दीर्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो। त्यहीँ उनको राति १० बजे निधन भएको हो।

स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनकी श्रीमतिको केही वर्षअघि नै निधन भइसकेको थियो।

घिसिङको परम्परागत विधि अनुसार काठमाडौंको स्वयम्भूमा अन्तिम संस्कार गरिने छ। घिसिङको स्थायी घर रामेछापको सुनापति गाउँपालिका ४ हो। स्वर्गीय घिसिङको आजै अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हावाबाट पनि कोरोना फैलिने २३९ वैज्ञानिकको दाबी
काठमाडौं – २ सयभन्दा बढी वैज्ञानिकहरूले हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिने दाबी गरेका छन् ।

विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको ससाना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको हो ।

आगामी सातासम्म यसको प्रमाणसहित कुनै एउटा जर्नलमा रिपोर्ट प्रकाशित गर्दै यसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को ध्यानाकर्षण गराइने उनीहरूले बताएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

डब्ल्युएचओले भने अहिलेसम्म एक संक्रमित र अर्को संक्रमितबीच २ मिटरभन्दा कमको दूरी कायम गरेर बस्दा कोरोना भाइरसको संक्रमण हुने बताउँदै आएको छ ।

डब्ल्युएचओले वैज्ञानिकहरूको पछिल्लो दाबीबारे कुनै प्रतिक्रिया नदिए पनि यसबारे ठोस प्रमाण नभएको र अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।