आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

काठमाडौं उपत्यकाका यी १० वटा अस्पतालमा देखियो कोरोना संक्रमण, कहाँ कति ?

गोकर्णेश्वर खबर२२ असार २०७७, सोमबार ०६:५८ मा प्रकाशित (३ साल अघि) १७८२ पाठक संख्या

काठमाडौं, २२ असार । हिजो (आइतबार) काठमाडौं उपत्यकामा थप ३० जना कोरोना संक्रमण पुष्टि भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार १५ पुरुष र १५ महिलामा संक्रमण देखिएको छ ।

जसमध्ये विभिन्न अस्पतालमा २१ जनामा संक्रमण देखिएको छ भने ४ जना नेपाली सेना र ४ जना सशस्त्र प्रहरी अस्पतालका रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, १ जना बुढानिलकण्ठका स्थानीय रहेको मन्त्रालयले जनाएको छ ।

कुन अस्पतालमा कति ?
आइतबार कोरोना पुष्टि भएकामध्ये युनिफाइड हस्पिटल बलम्बुमा १ जना पुरुष, श्री वीरेन्द्र अस्पताल छाउनीमा १ जना पुरुष रहेका छन् । त्यसैगरी, ह्याम्स अस्पतालमा ३ जना पुरुष र १ जना महिलामा कोरोना देखिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार

इशान बाल अस्पताल  : १ जना महिला,

नेपाल मेडिकल कलेज अत्तरखेल : २ जना महिला,

न्यूरो अस्पताल बाँसबारी : २ जना पुरुष,

त्रिवि शिक्षण अस्पताल: ५ जना महिला र १ जना पुरुष

नेपाल पुलिस हस्पिटल: २ जना महिला,

दीघार्यु गुरु अस्पताल चाबहिल : १ जना महिला,

चिरायु अस्पताल:  १ जना महिला

नारायणहिटी ब्यारेक गोरखबहादुर गण:  ४ जना पुरुष

काठमाडौं एपीएफ:  ४ जना पुरुष ,  यस्तै, एक बुढानिलकण्ठका एक पुरुषमा संक्रमण देखिएको हो ।

अस्पतालहरुमा संक्रमण र जोखिम बढेसँगै चिकित्सकहरुले अत्यवश्यकीय अवस्थामा बाहेक अस्पताल नजान समेत सुझाव दिइरहेका छन् ।