आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

आइतबार थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

गोकर्णेश्वर खबर२१ असार २०७७, आईतवार १६:३३ मा प्रकाशित (३ साल अघि) ३०५ पाठक संख्या

आइतबार कोरोनाका २ सय ९३ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

त्यस्तै यस अवधिमा १ सय ३२ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म ६ हजार ५ सय ४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा २५ प्रयाेगशालामा ४ हजार ७ सय १० जनाको पिसिआर परीक्षण भएको छ। यीसहित हालसम्म साढे २ लाख बढीको पिसिआर परीक्षण भएको छ।

हालसम्म मृतक ३४ जनामा कोरोना पुष्टि भएको छ।