आज: ४ जेष्ठ २०८१, शुक्रबार | Fri, 17, May, 2024

नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुग्यो,एकैदिन २ जनाको मृत्यु

गोकर्णेश्वर खबर२० असार २०७७, शनिबार १७:३३ मा प्रकाशित (३ साल अघि) ३७८ पाठक संख्या

काठमाडौं – नेपालमा शनिबार थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोनाबाट संक्रमित एकको गोरखा अस्पतालमा मृत्यु भएको हो । पालुङटार नगरपालिका ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको मन्त्रालयले जनाएको छ।

कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी मधुमेह रोगका दीर्घरोगी रहेको जनाइएको छ । कोरोनाको जटिल लक्षण देखिएपछि उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएकोमा उनको मृत्यु भएको हो ।

यसैगरी त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएका रुपन्देही देवदहका ७५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।