आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

बागमती प्रदेश सरकारको आव २०७७/०७८ को बजेट बहुमतले पारित

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार २१:३० मा प्रकाशित (३ साल अघि) २४७ पाठक संख्या

हेटौंडा – बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।

बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछिशुक्रबार बजेट पारित गरिएको हो । बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहेक अन्य दलका सांसदले विपक्षमा मतदान गरे ।

बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

शुक्रबार प्रदेशसभामा जवाफ दिँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले संघीय र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए ।

उनले आफ्नो घर अघि काम भएमात्रै काम ठान्ने प्रवृत्ति अन्त्य गर्न सांसदहरुलाई आग्रह गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकार गठन भएको २ बर्षमा १ सय ७९ किलोमिटर सडक ढलान तथा कालोपत्रे, ३३ पुल निर्माण, ८ सय ७ किलोमिटर सडक निर्माण र ३ सय २० किलोमिटर सडक ग्राभेल भएको बताए ।