आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

सुनको मूल्य घट्यो

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार १४:५१ मा प्रकाशित (३ साल अघि) २०० पाठक संख्या

काठमाडौं – लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५०० रूपैयाँले घटेको छ ।

बिहिबार प्रतितोला ९१ हजारमा कारोबार भएको छापावाल सुन शुक्रबार ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन प्रतितोला ९० हजार ६५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहिबार सुनको मूल्य प्रतितोला ७ रूपैयाँ घटेको थियो ।

सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । चाँदीमा प्रतितोला ५ रुपैयाँ बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।