आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

आपराधिक समूहले अन्धाधुन्द गोली चलाउँदा डीएसपीसहित ८ प्रहरीको मृत्यु

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार १०:०७ मा प्रकाशित (३ साल अघि) ६४९ पाठक संख्या

काठमाडौ – भारतको उत्तरप्रदेशस्थित कानपुर जिल्लामा आपराधिक समूहसँगको मुठभेडमा एक डीएसपीसहित आठ प्रहरी मारिएका छन् ।

बिहीबार राति करिब एक बजेतिर आपराधिक समूहले अन्धाधुन्द गोली चलाउँदा एक डिएसपी र तीन इन्सपेक्टरसहित आठ प्रहरी मारिएको बीबीसी हिन्दीले जनाएको छ ।

प्रहरीहरु लामो समयदेखि फरार अभियुक्त विकास दुवेलाई पक्रन बिकरू भन्ने गाउँमा जादा उनीहरूमाथी एउटा घरको छतबाट गोली हानिएको बताइएको छ ।

प्रहरीले प्रतिरक्षामा गोली चलाउँदा दुवे समूहका तीन सदस्यसमेत मारिएको छ । उक्त आक्रमणपछि अभियुक्त दुवे र उनको समूह प्रहरीको हतियारसमेत लुटेर फरार भएको छ ।