आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

चर्चित कोरियोग्राफर सरोज खानको निधन

गोकर्णेश्वर खबर१९ असार २०७७, शुक्रबार ०९:५५ मा प्रकाशित (३ साल अघि) ५९२ पाठक संख्या

काठमाडौं – चर्चित भारतीय कोरियोग्राफर सरोज खानको निधन भएको छ।

हृदयघात भएपछि गत महिना मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएकी उनको बिहिबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

७२ बर्षिया खानलाई जुन १७ मा सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो। सरोजका पतिसँगै दुई छोरी र एक छोरा छन्।

बलिउडमा झण्डै ४ दशक काम गरेकी सरोजले ४ हजारभन्दा बढी गीतमा नृत्य निर्देशन गरेकी छन्।