आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु,मृतकको संख्या ३१ पुग्यो

गोकर्णेश्वर खबर१८ असार २०७७, बिहीबार १८:१८ मा प्रकाशित (३ साल अघि) २५७ पाठक संख्या

काठमाडौं – नेपालमा विहीबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक कोरोना संक्रमित शिशुको उपचारका क्रममा मृत्यु भएको हो । शिशूको घर म्याग्दी जिल्ला रहेको मन्त्रालयले जानकारी दिएको छ ।

३ साता अघि अस्पताल भर्ना भएका उनी जन्मेको ४५ दिनमा मंगलबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । हिजो(बुधबार) साँझ ४ बजेतिर उनको मृत्यु भएको थयो ।