आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

भारतमा कोरोनाका कारण एकैदिन ४१७ जनाको मृत्यु,१८ हजारभन्दा बढीमा संक्रमण

गोकर्णेश्वर खबर१६ असार २०७७, मंगलवार ०८:१८ मा प्रकाशित (३ साल अघि) ६१८ पाठक संख्या

काठमाडौं – पछिल्लो २४ घण्टामा १८ हजार ३३९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ५ लाख ६७ हजार ५३६ पुगेको छ ।

यस्तै एकै दिन ४१७ जनाको मृत्यु भएपछि भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार ९०४ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये ३ लाख ३५ हजार २७२ जना संक्रमणमुक्त भएका छन् ।