आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

काठमाडौंमा थप ३ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार १६:३४ मा प्रकाशित (३ साल अघि) ४१९ पाठक संख्या

काठमाडाैँ । काठमाडाैँमा थप ३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गाैतमका अनुसार शुक्रबार काठमाडाैँका ३ जना पुरूषमा काेराेना संक्रमण देखिएकाे हाे ।

शुक्रबारमात्रै देशका विभन्न स्थानमा ५९३ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ११ हजार ७५५ पुगेकाे छ । पछिल्लो २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। याेसँगै काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या २६९८ पुगेका छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या २६ जना पुगेकाे छ । नेपालमा रसुवाबाहेक बाँकी ७६ जिल्लामा कोरोनाको संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।