आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

पछिल्लो २४ घन्टामा थप ५९३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ११,७५५पुग्यो

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार १६:२५ मा प्रकाशित (३ साल अघि) २८७ पाठक संख्या

शुक्रबार ५ सय ९३ कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा देशभर ५ सय ९३ कोरोनाका संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर कुल संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा ४८ जना कोरोनामुक्त भएर घर फर्किएका छन्। विभिन्न अस्पतालहरुबाट ४० पुरुष र ८ महिला कोरोनामुक्त भइ डिस्चार्ज भएको गौतमले बताए।

यीसहित शुक्रबारसम्म कुल डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ। मृतक २७ जनामा कोरोनाभाइरस देखिएको छ। रसुवाबाहेकका सबै जिल्लामा कोरोना देखिएको छ।

विगत २४ घण्टामा जनाको ६ हजार ५ सय ३४ पिसिआर परीक्षण भएको छ। हालसम्म २ लाख ६ हजार बढीकाे पिसिआर परीक्षण भएको छ।