आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुग्यो

गोकर्णेश्वर खबर१० असार २०७७, बुधबार २२:२५ मा प्रकाशित (३ साल अघि) २५१ पाठक संख्या

काठमाडौं । बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।