आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

काेराेनाका कारण फेरि १ जनाकाे ज्यान गयाे

गोकर्णेश्वर खबर९ असार २०७७, मंगलवार १५:३४ मा प्रकाशित (३ साल अघि) ३३२ पाठक संख्या

दैलेख । काेराेनाका कारण फेरि १ जनाकाे ज्यान गएकाे छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेखको दुल्लुु नगरपालिका -३ का ४५ वर्षीय पुुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो ।

असार ३ गते उपचारकाे लागि दैलेखबाट सुर्खेत आएका उनकाे ४ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियाे। कोरोना संक्रमण पुष्टि भएपछि उनकाे आइसोलेशनमा राखेर उपचार भइरहेकाे थियाे । उनी समुुदायस्तरबाट आएकाेले कोरोना संक्रमण कसरी भयो भन्ने नखुुलेको अस्पतालले जनाएको छ । योसँगै नेपालमा कारोना संक्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेको छ ।