आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

विभिन्न जिल्लामा थप ५३५ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ९,५६१ पुग्यो

गोकर्णेश्वर खबर८ असार २०७७, सोमबार १७:३४ मा प्रकाशित (३ साल अघि) २७० पाठक संख्या

काठमाडौं । विभिन्न जिल्लामा थप ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ५ सय ३५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिइएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा ५ सय ३५ जना थपिएसँगै देशभर संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म २ हजार १ सय ४२ जना उपचारपछि घर फर्किएका छन् भने २३ जनाले ज्यान गुमाएका छन् ।