आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

आइतबार ४२१ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितकाे संख्या ९ हजार नाघ्याे

गोकर्णेश्वर खबर७ असार २०७७, आईतवार १६:३३ मा प्रकाशित (३ साल अघि) ३८२ पाठक संख्या

आइतबार ४ सय २१जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए। यीसहित संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ।

त्यस्तै यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ।