आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

सातवटै प्रदेशको बजेट सार्वजनिक, सबैभन्दा ठूलो वागमती र सानो कर्णाली प्रदेशको बजेट

गोकर्णेश्वर खबर२ असार २०७७, मंगलवार १५:०५ मा प्रकाशित (३ साल अघि) २६५ पाठक संख्या

काठमाडौँ । सातवटै प्रदेश सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७७र७८ का लागि बजेट सार्वजनिक गरेका छन् । सबै प्रदेश सरकारले ल्याएको बजेटको योगफल २ खर्ब ६४ अर्ब २० करोड ५४ लाख छ । चालु आर्थिक वर्षमा सात प्रदेशमा २ खर्ब ५९ अर्ब ६० करोडको बजेट आएको थियो ।प्रदेशहरुको बजेटहरुको हिसाव गर्दा कुल १ खर्ब १३ अर्ब ४४ करोड ५१ लाख चालुतर्फ विनियोजन भएको छ । १ खर्ब ३९ अर्ब ४८ करोड २७ लाख अर्ब विकास बजेटको हिस्सा छ । वित्तीय हस्तान्तरण र वित्तीय व्यवस्था लगायतका लागि ११ अर्ब २७ करोड ७६ लाख विनियोजन भएको छ । आगामी वर्षका लागि बागमती प्रदेशले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ भने कर्णाली सरकारले सबैभन्दा सानो । प्रदेशहरुले बजेटमा अपुग हुने रकम संघ सरकार र विदेशी दाताबाट लिने नीति लिएका छन् ।
प्रदेश एकमा  ४० अर्ब ८९ करोड
प्रदेश एक सरकारले स्वास्थ सेवा तथा पूर्वाधार विकासलाई प्राथमिकता राख्दै आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट सार्वजनिक गरेको छ । आगामी आवका लागि सरकारले ४० अर्ब ८९ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो बजेट चालु आवको तुलनामा केही कम हो । आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ र चालु आर्थिक वर्षको मौज्दात ६ अर्ब आर्थिक स्रोत जुटाइनेछ । नपुग ५ अर्ब ऋण लिइने प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले जानकारी दिए ।
प्रदेश दुईमा ३८ अर्ब ७२ करोड
प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७र०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको छ । यो बजेट चालू आर्थिक बर्ष २०७६र७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो । चालु आर्थिक बर्षमा प्रदेश २ सरकारले ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट ल्याएको थियो ।प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले आइतबार प्रदेश सभाको बैठकमा प्रस्तुत गरेको बजेटमा आगामी वर्ष चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार खर्च गर्ने उल्लेख छ । पुँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार तथा वित्तिय व्यवस्थातर्फ १६ करोड विनियोजन गरिएको छ ।
बागमती प्रदेशमा  ४७ अर्ब ६० करोड
७ वटा प्रदेशसमध्ये सबैभन्दा ठूलो आकारमा बजेट ल्याएको बागमती प्रदेशले आगामी आर्थिक वर्ष २०७७र७८ मा बजेटको आकार केही बढाएको छ । चालु आवमा ४७ अर्ब ६० करोड ७८ लाखको बजेट कार्यान्वयन गरिरहेको बागमती प्रदेशले आगामी आवका लागि ५१ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट ल्याएको हो । यस प्रदेशले पनि प्राथमिकतामा कोरोना भाइरसको संक्रमण न्यूनीकरणलाई प्राथमिकता दिएको छ ।बागमती प्रदेशले चालु तर्फ २६ अर्ब २८ करोड ७३ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।  कोभिड १९ का लागि लक्षित गर्दै १९ करोड
गण्डकी प्रदेशमा  ३२ अर्ब १३ करोड 
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६र७७ को तुलनामा आकार वृद्धि गर्दै आगामी आव २०७७र७८ को बजेट सार्वजनिक गरेको छ । सरकारले ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सरकारले चालु आवमा ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख रुपयाँको बजेट सार्वजनिक गरे । गण्डकी प्रदेशले आगामी आर्थिक वर्षका लागि स्थानीय तहमा हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान र विशेष अनुदानलाई नघट्ने गरी विनियोजन गरेको छ ।
प्रदेश ५ बजेटमा ३६ अर्ब ४१ करोड
प्रदेश नं ५ सरकारले प्रदेशभित्र ५२ हजार रोजगारी सिर्जना गर्ने लक्ष्यसहित आगामी आवको बजेट सार्वजनिक गरेको छ । प्रदेशले चालु आर्थिक वर्षकै आकारमा आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । मुख्यमन्त्री तथा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएका हुन् ।प्रदेश सरकारले अब आफू कानूनी र सांगठनिक आधारमा पूर्ण तयार भएको घोषणा गर्दै आगामी आर्थिक वर्षमा पूर्ण क्षमतामा बजेट कार्यान्वयन गर्न सक्ने अवस्थामा पुगेको समेत बताएको छ । चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख, विकासतर्फ १८ अर्ब ६१ करोड २४ लाख र अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट विनियोजन भएको छ ।
कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोड
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७६र७७ को तुलनामा सामान्य रकम घटाएर आगामी आव २०७७र७८ को बजेट ल्याएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी आवका लागि प्रदेश सरकारले कुल ३३ अर्ब ७४ करोड १३ लाख रुपैयाँको बजेट ल्याएका छन् । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, खर्च भने शुरु विनियोजनको मात्र ४६.४० प्रतिशत अर्थात् १५ अर्ब ९३ करोड मात्र हुने भएको छ ।
सुदुरपश्चिम प्रदेशमा २८ अर्ब १६ करोड
सुदुरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष २०७७र७८ का लागि ३३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आवको तुलनामा ठूलो आकारको बजेट हो । चालु आवमा सुदुरपश्चिम प्रदेशले २८ अर्ब १६ करोड २० लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । गरिबी र महामारीबाट आक्रान्त नागरिकलाई तत्काल राहत दिने गरी बजेट ल्याएको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले जानकारी दिए । सुदुरपश्चिम सरकारले चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख खर्च गर्ने लक्ष्य लिएको छ ।