आज: ७ जेष्ठ २०८१, सोमबार | Mon, 20, May, 2024

फेरी काठमाडौंमा भेटिए ५ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१ असार २०७७, सोमबार २०:३६ मा प्रकाशित (३ साल अघि) २६४ पाठक संख्या

काठमाडौँ / काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबारको अद्यावधिक विवरणअनुसार सोमबार थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छन ।

जसमा काठमाडौं उपत्यकाका ५ जना रहेको मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिकमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएअनुसार संक्रमितको संख्या भने ६२ सय ११ जना पुगेको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् । आज थप ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जसमध्ये ६० पुरुष तथा ७ महिला रहेका छन् ।