आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

लायन्स क्लब अफ काठमाडौं लिडरसिप फर चेन्ज द्वारा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१० मंसिर २०७७, बुधबार २०:०८ मा प्रकाशित (३ साल अघि) ६६९ पाठक संख्या
काठमाडौं / लायन्स क्लब अफ काठमाडौं लिडरसिप फर चेन्जले मङ्सिर ९ गते मंगलबार बृहत रक्तदान कार्यक्रम गरेको छ ।
उक्त कार्यक्रममा ६२ जना रक्तदाता हरुले रगत दान गरेका छन । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं लिडरसिप फर चेन्जले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको हो विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर मंगसिर ९ गते मंगलबार चाबहिलको गणेशस्थान तरकारी बजार क्षेत्रमा बिहान ९ बजे देखि दिउसो २ बजे सम्म सम्पूर्ण स्वास्थ्य मापदण्ड पुरा गरि सुरक्षित तवरले रक्तदानको आयोजना गरिएको थियो ।
उक्त रक्तदान कार्यक्रममा लाइन्स क्लव अफ इन्टरनेशनल ड्रिष्ट्रिक ए (१ का गर्भनर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड डिष्ट्रिक्ट भाइस गर्भनर लायन कर्मा गुरुङ, ट्रेजरर लायन श्याम यादव, ब्लड सर्भिस चिफ लायन विनोद श्रेष्ठ, एडिसनल क्याबिनेट ट्रेजरर लायन राजन श्रेष्ठ धरातल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उल्लेख्य मात्रमा उपस्थिती रहेको लायन्स क्लव अफ काठमाण्डौं लिडरसिप फर चेन्जका प्रेसिडेन्ट लायन गेन्द्र लामाले बताए ।
उक्त कार्यक्रममा सहयोगी संस्थाको रुपमा लायन्स क्लब अफ काठमाडौं नेवाःपुच, प्राक्सिस इन्टरनेसनल एकेडमी ,मनास्लु वर्ल्ड कलेज र लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेका थिए । रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहने भन्दै उनले स्वस्थ व्यक्तिलाई रक्तदानमा सहभागी भई रक्तदान गरेकोमा सम्पूर्ण रक्तदाता हरुलाई हार्दिक धन्यवाद ब्यक्त गरे । साथै रक्तदान गर्ने रक्तदाताहरुलाई प्रंशसा पत्र प्रदान गरिएको थियो ।