आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

लायन्स क्लब अफ काठमाडौं लिडरसिप फर चेन्जले मंसिर ९ गते रक्तदान गर्दै

गोकर्णेश्वर खबर८ मंसिर २०७७, सोमबार १७:३७ मा प्रकाशित (४ साल अघि) ६६५ पाठक संख्या

काठमाडौं , लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं लिडरसिप फर चेन्जले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका  कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर मंसिर ९ गते मंगलबार चाबहिलको गणेशस्थान तरकारी बजार क्षेत्रमा बिहान ९ बजे देखि  दिउसो २ बजे सम्म आयोजना  हुने उक्त रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्न आयोजकले अनुरोध गरेको छ  ।

 उक्त कार्यक्रममा सहयोगी संस्थाको रुपमा  लायन्स क्लब अफ काठमाडौं नेवा:पुच  प्राक्सिस इन्टरनेसनल एकेडमी ,मनास्लु वर्ल्ड कलेज र लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था लिमिटेड रहेको चार्टर प्रेसिडेन्ट लायन राजन श्रेष्ठले जानकारी गराए।  रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहने भन्दै उनले स्वस्थ व्यक्तिलाई रक्तदानमा सहभागी भई रक्तदान गर्नको लागि अनुरोध गरेका छन।