आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

नेपाल जेसिजमा १७ पदका लागि ६७ जनाकाे उम्मेदवारी

गोकर्णेश्वर खबर१९ कार्तिक २०७७, बुधबार १७:४६ मा प्रकाशित (३ साल अघि) ४६२ पाठक संख्या

नेपाल जेसिजको वर्ष २०२१ का लागि १७ पदका लागि ६७ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ।

रुपन्देहीको तिलोत्तमा हुने ४७औं राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ६७ जनाकाे उम्मेदवारी दर्ता भएकाे हाे।

आगामी पुस १ गतेदेखि ४ गतेसम्म रुपन्देहीको तिलोत्तमामा भलबारी जेसिजको आतिथ्यतामा महाधिवेशन  हुनेछ।

महाधिवेशनमा एक जना अध्यक्ष, चार जना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन हुनेछ।

वर्ष २०२१ का लागि अध्यक्ष पदका लागि ७ जना कार्यकारिणी  उपाध्यक्ष पदका लागि १७ जना र उपाध्यक्ष पदका लागि ४३ जनाकाे उम्मेदवारी दर्ता भएकाे नेपाल जेसिजले जनाएको छ।

नेपाल जेसिज वर्ष २०२१ लागि अध्यक्षमा अरूणेश्वर खनाल बीसहजार जेसिज, विकास मानन्धर काभ्रे जेसिज, रविन पाेखरेल नुवाकोट जेसिज, श्यामसुन्दर पाैडेल विराटनगर जेसिज, लालमणि भण्डारी त्रिभुवन नगर जेसिज, शोभा खरेल हेटौंडा लेडी र गाेकुल सापकोटाबीच प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, थानकोट जेसिजबाट माेहनलाल डाँगी, पाटन लेडLबाट सुम्रिता शर्मा, पाटन जेसिजबाटै सुमन कृष्ण श्रेष्ठ , रूकमेणी सिग्देल बकुण्डेबेंसी वेसी, कञ्चन झा दुहबी जेसिज ,मुकुन्द दाहाल काठमाडौं जेसिज,अरूण कुमार दाहाल हेटौंडा जेसिज ,रमा प्याकुरेल बालकाेट लगायत १७ जना कार्यकारिणी उपाध्यक्ष पदका लागि भिड्दै छन्।

त्यस्तै राष्ट्रिय उपाध्यक्षका लागि सितापाईला जेसिजबाट अभिषेक दुलाल,  इमाडाेल जेसिजबाट साेनित राज ढुंगेल, दुहवी जेसिजबाट विमला सुवेदी कार्की, बुटवल लेडीबाट कल्पना पाण्डे, महेन्द्रनगर जेसिजबाट हरिश भट्ट लगायत ४३ जनाले प्रतिस्पर्धामा उत्रने छन्।

महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार भने निर्वाचित अध्यक्षले मनोनित गर्न पाउने जेसिजको विधानमा व्यवस्था छ।

एक हजार सात सय जना मतदाता रहेको जेसिज महाधिवेशनमा देशभरका १५६ वटा शाखाका अध्यक्ष, बोर्ड डाइरेक्टर, पूर्वअध्यक्षहरू, उम्मेदवारलगायत तीन सय जनादेखि चार सय जनासम्मको उपस्थिति रहने छ ।

विगतमा प्रतिनिधि र पर्यवेक्षक गरी तीन हजार जनासम्म सहभागी हुने गरेकामा यस वर्ष कोरोना महामारीका कारण न्यून सहभागिता हुनेछ।