आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

कोरोना संक्रमित पूर्ववाणिज्यमन्त्री विश्वकर्मा वीर अस्पताल भर्ना

गोकर्णेश्वर खबर९ कार्तिक २०७७, आईतवार १६:१८ मा प्रकाशित (३ साल अघि) ४५४ पाठक संख्या

काठमाडौं– पूर्ववाणिज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा वीर अस्पताल भर्ना भएका छन् ।

कोरोना भाइरसको संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएकोेले उनलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव टेकबहादुर विश्वकर्माले जानकारी दिए ।

पूर्वमन्त्री विश्वकर्मालाई ५–६ दिनअघि कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि उनी चिकित्सकको सल्लाहअनुसार औषधी खाएर होम आइसोलेसनमा बसेका थिए ।

औषधी खाँदा पनि ज्वरो नओर्लिने, खोकी लागिरहने, गाह्रो हुने भएपछि पूर्वमन्त्रीलाई अस्पताल भर्ना भएको टेकबहादुरले जानकारी दिए ।