आज: २१ बैशाख २०८२, आईतवार | Sun, 04, May, 2025

समाजसेवी किरण केसीले आफ्नो जन्म दिनमा बिभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गरे

गोकर्णेश्वर खबर१९ माघ २०७७, सोमबार ०९:१४ मा प्रकाशित (४ साल अघि) ६७० पाठक संख्या

काठमाडौं माघ १९। नेपाल मेडिकल कलेज शिक्षण अस्पताल स्वतन्त्र कर्मचारी युनियन (आधिकारिक ट्रेड युनियन) अध्यक्ष तथा समाजसेवी किरण केसीले आफ्नो जन्म दिनको अवसर पारेर बिभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गरेका छन । उनलेअसाहय बाच्छा बाच्छी संरक्षण केन्द्र गोठाटारमा खाद्यान्नको लागि नगद रु ५ हजार  सहयोग गरेका छन्।आफ्नो जन्म दिनको अवसर पारेर उनले  परित्यक्त र दुर्घटनामा परेका गाई,गोरु, बाच्छा बाच्छी संरक्षण केन्द्र गोठाटारमा  खाद्यान्नको लागि आर्थिक सहयोग  गरेका  हुन्  ।

विभिन्न चाडपर्व तथा पारिवारिक उत्सवहरुमा हुने फजुल खर्चलाई कटौती गर्दै समाजको ध्यानाकर्षण गराउन आफूले सामाजिक संघ संस्थालाई सहयोग  गर्दै आएको छन । त्यसै गरि उनले आफ्नो जन्मदिनको नै अवसर पारेर गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको  सुनौलो पाइला संस्थालाइ समेत नगद रु सात हजार पाँच रुपैया प्रदान गरेको गरेका छन ।

सबैले आफ्नो जन्मदिन लगायत अन्य विभिन्न उत्सब हरुमा कुनै एक दिन भएपनी अनाबश्यक खर्च गरेर पाटीको आयोजना गरि जन्मदिन अथवा उत्सब मनाउनु भन्दा समाजमा फरक काम गरिरहेकाहरुलाई प्रोत्साहन स्वरुप सक्दो सेवा र सहयोग गर्न सक्ने हो भने मानवीय कर्तब्य पुरा हुने किरण केसीले  बताए । त्यसै गरि उनले नया जिबन नेपाल सस्थाका बौधिक अपङग्ता भएका बालबालिकाको लागी रु ५००१ आर्थीक सहयोग  गरेका छन् ।