आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

अभिभावकले बच्चाको टिकटक यसरी सुरक्षित बनाउन सक्छन्

गोकर्णेश्वर खबर१८ कार्तिक २०७७, मंगलवार १५:५३ मा प्रकाशित (३ साल अघि) ६५३ पाठक संख्या

आमा-बुवालाई आफ्नो बच्चाले टिकटक सही ढंगमा प्रयोग गरिरहेका छन्/छैनन् वा यसबाट नकारात्मक शिक्षा पो लिइरहेका छन् कि? डर बसेको हुन सक्छ।

टिकटकलाई मनोरञ्जनको माध्यममा रुपमा लिइन्छ।

तर यही माध्यमबाट गलत व्यवहार, विषय र भाषा सिक्न सक्ने डर हरेक अभिभावकमा छ। यसको कारण हो टिकटकका विभिन्न सामग्री।

तर यस्तोमा अभिभावकले सही कदम लिए आफ्नो बच्चालाई नकारात्मक सामग्रीबाट टाढै राख्न सक्छन्।

कुनै पनि व्यक्तिले नयाँ टिकटक अकाउन्ट बनाउँदा यदि उसले १८ वर्ष मुनि भएको भन्दै अकाउन्ट साइन–अप गर्छ भने टिकटकले स्वचालित रूपमा भिडिओ छनौट गरेर उसको प्रोफाइलमा देखाउँछ।

उनीहरूको अकाउन्टबाट ‘एडल्ट कन्टेन्ट’ हेर्न प्रतिबन्ध लगाइन्छ।

तर धेरैले टिकटक साइन–अप गर्दा १८ वर्ष नाघेको जानकारी दिन्छन्। किनभने उनीहरु विभिन्न विषयका भिडिओ हेर्न चाहन्छन्। त्यसैले नाबालिक भएपनि टिकटक अकाउन्टमा १८ वर्ष कटेको छ भन्ने हुँदा विभिन्न सामग्री उक्त अकाउन्टमा देखाउँछ।

यस्तो अकाउन्ट बनाउँदा पनि अभिभावकले चाहेको खण्डमा आफ्नो बच्चाको अकाउन्ट तीन तरिकाबाट निरीक्षण गर्न सक्छन्। अभिभावकले आफ्नो टिकटक अकाउन्ट बनाएर वा नबनाइकनै निगरानी गर्न सक्छन्।

त्यसमध्ये पहिलो तरिका यस्तो छः

१. यसको लागि पहिले तपाईंको टिकटक अकाउन्ट हुनु जरुरी छ। छैन भने नयाँ अकाउन्ट साइन–अप गर्ने।

२. त्यसपछि आफ्नो छोरा-छोरीको टिकटक अकाउन्ट खोल्ने।

३. टिकटकको सेटिङमा जाने।

४. त्यहाँ ‘फ्यामेली पेयरिङ’ भन्ने विकल्प हुन्छ, त्यो छनौट गर्ने।

५. यसको क्युआर बारकोड पत्ता लगाउने र यसबाट तपाईंको (अभिभावक) अकाउन्ट र आफ्नो छोराछोरीको अकाउन्ट पहिचान गर्ने र दुई अकाउन्ट पेयर गर्ने।

यसो गर्दा अभिभावकले आफ्नो छोराछोरीले कस्तो प्रकार र विषयको कन्टेन्ट हेर्न सक्छन् भन्ने नियन्त्रण गर्न मिल्छ। यति मात्र होइन, उनीहरुको अकाउन्टमा कसले मेसेज पठाउन मिल्छ–मिल्दैन भन्ने पनि अभिभावकले नै नियन्त्रण गर्न मिल्छ। निजी च्याट, मेसेज केही छन् भने ब्लक गरिदिन सकिन्छ।

तपाईंले यस्तो गर्नुभएको थाहा पाएर केटाकेटीले तपाईंको अकाउन्टबाट आफ्नो अकाउन्ट ‘अनपेयर’ अर्थात् अभिभावक अकाउन्ट हो भन्ने पहिचानबाट हटाइ हाल्यो भने पनि तपाईंले सूचना पाउनु हुनेछ। र, ४८ घण्टा भित्र पुनः अकाउन्ट पेयर गर्न सक्नुहुन्छ।

तपाईंले आफ्नै नयाँ टिकटक अकाउन्ट नखोली बच्चाको अकाउन्ट भने सुरक्षित गराउन खोज्नु भएको हो भने अर्को पनि विकल्प छ।

पहिलो तरिकाः

१. यसको लागि पहिले छोरा–छोरीको टिकटक सेटिङमा जाने

२.त्यहाँ ‘डिजिटल वेलबिइङ’ भन्ने हुन्छ, त्यो छनौट गर्ने

३. त्यसपछि ‘रेस्ट्रिक्टेड मोड’ अन गर्ने (यो प्रतिबन्धित मोड हो)

४. नयाँ पासवर्ड राख्ने

यसो गरेपछि त्यो अकाउन्टबाट उपयुक्त भिडिओहरू मात्र हेर्न मिल्ने हुन्छ। यद्यपि हरेक ‘अनुपयुक्त’ कन्टेन्ट त्यो अकाउन्टबाट देखाउँदै नदेखाउने भन्ने ग्यारेन्टी टिकटकले लिँदैन।

दोस्रो तरिकाः

१ यसको लागि पहिले छोरा–छोरीको टिकटक सेटिङमा जाने।

२.प्राइभेसीमा जाने।

३. त्यहाँ ‘प्राइभेट अकाउन्ट’ छनौट गर्ने र अरुको अकाउन्ट सुझाव दिने भन्ने विकल्पलाई ‘स्वीच अफ’ गर्ने।

पहिलो तरिकाले अरू प्रयोगकर्ताहरुले बच्चाको अकाउन्टबाट पोष्ट भएका भिडि‌ओहरु हेर्न मिल्ने हुन्छ। दोस्रो तरिकामा भने कुनै पनि व्यक्तिलाई तपाईंको छोरा–छोरीको अकाउन्ट हेर्नबाट नै प्रतिबन्ध लगाइन्छ। अकाउन्टबाट साथी भएकाले मात्र अकाउन्टबाट पोष्ट भएका कन्टेन्ट र भिडिओ हेर्न सक्छन्।

यसरी अभिभावकहरुले आफ्नो बच्चाको टिकटक अकाउन्ट सुरक्षित बनाउन सक्छन्।