आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार नाघ्यो

गोकर्णेश्वर खबर११ आश्विन २०७७, आईतवार ०६:४१ मा प्रकाशित (३ साल अघि) ३५१ पाठक संख्या

काठमाडौं, ११ असोज । शनिबार काठमाडौं उपत्यकामा थप ७२४ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २० हजार ६९८ पुगेको खबर आजको समाचारपत्रले उल्लेख गरेको छ ।