आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

अमेरिकामा कोरोनाले एकैदिन ९६८ जनाको मृत्यु, मृतक संख्या १ लाख ८० हजार नाघ्यो

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार ०७:३१ मा प्रकाशित (४ साल अघि) २८२ पाठक संख्या

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले एकै दिन ९६८  जनाको मृत्यु भएको छ ।

योसँगै आइतबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार १६८ पुगेको छ ।

यस्तै एकैदिन थप ४३ हजार ६१२ जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमित संख्या ५८ लाख ४० हजार ८६९ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ४८ हजार ८० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख १२ हजार ९६३ जनामध्ये १६ हजार ७३९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।