आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

पीएसजी मोनाकोसँग पराजित

गोकर्णेश्वर खबर१० फाल्गुन २०७७, सोमबार ०८:०८ मा प्रकाशित (३ साल अघि) २१२ पाठक संख्या

एजेन्सी-  फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) मोनाकोसँग पराजित भएको छ ।

आइतबार राति भएको खेलमा उपाधि दाबेदार मानिएको पीएसजी मोनाकोसँग २-० गोलले पराजित भएको हो ।

मोनाकोले पीएसजीलाई उसैको मैदानमा हराएको हो । मोनाकोलाई जित दिलाउन सोफियाने डिओप र गुइलेर्मो मारिपानले एक एक गोल गरे ।

जितसँगै मोनाको २६ खेलमा ५२ अंकसहित लिगको चौथो स्थानमा उक्लिएको छ । ५४ अंक जोडेको पीएसजी तेस्रो स्थानमा छ ।