आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

वास्तुशास्त्र भन्छ – ‘कहिलै नगर्नुहोस् यी ८ गल्ती,बढ्न सक्छ दुर्भाग्य’

गोकर्णेश्वर खबर११ माघ २०७७, आईतवार २२:५३ मा प्रकाशित (३ साल अघि) १५६३ पाठक संख्या

काठमाडौँ – वास्तुशास्त्रमा यस्ता ८ कुरा उल्लेख गरिएको छ, जुनको ध्यान राख्दा तपाईको नोकरी तथा व्यवसायमा उन्नती हुनुका साथै धन लाभ हुने गर्दछ।

यसका साथै घरका सदस्यको स्वास्थ्य अवस्था पनि राम्रो हुने गर्दछ। यदी वास्तुका यी ८ कुराको ध्यान नराख्ने हो भने तपाई सँगसँगै परिवारले पनि विभिन्न किसिमका समस्याको सामना गर्नु पर्ने हुन्छ।

१) जुन ठाउँमा पैसाको भाँडो राख्नु हुन्छ, त्यसको पछाडि वा त्यससँग सटाएर कहिलै पनि झाडु नराख्नुहोस्। यसो गर्दा धन हानी हुन सक्दछ।

२) किचनमा कहिलै पनि औषधि राख्ने वानी वास्तुका अनुसार एकदमै गलत हो। यसो गर्दा मानिसको स्वास्थ्यमा विभिन्न किसिमका समस्या आउने गर्दछन्।

३) वाथरुम वा सौचालयको ढोका अनावश्यक खुल्ला छोड्दा घर वा पसलमा लगातार नोक्सान हुने गर्दछ।

४) घरको भित्तामा बच्चाले पेन्सिल तथा चकले लेख्ने बानी गर्नु हुँदैन्। यसो गर्दा खर्च वा उधारो बढ्ने गर्दछ।

५) घरको दक्षिण दिशामा एक्वेरियम या पानीसँग सम्बन्धीत कुनै बस्तु राख्नु राम्रो मानिदैन्। यसो गर्दा आम्दानी कम खर्च बढी हुने गर्दछ।

६) घर वा पसलको उत्तर पूर्व दिशामा कहिलै पनि फोहोर नराख्नुहोस्, यसो गर्दा विष्णु र माता लक्ष्मी रुष्ट हुने गर्दछन्।

७) पुजाको घरमा कहिलै बेडरुम नराख्नुहोस्। यसो गर्दा घरमा कलह, आर्थिक समस्या कयौँ किसिमका उल्झन आउने गर्दछन्।

८) घरमा काँडा भएका, दूध निस्कने र विषालु विरुवा लगाउनु हुँदैन्। यसो गर्दा धन वा स्वास्थ्यमा हानी पुग्ने वास्तुशास्त्रमा उल्लेख छ।