आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

प्रिमियर लिग : म्यानचेस्टर सिटी र लिभरपुलको बराबरी

गोकर्णेश्वर खबर२४ कार्तिक २०७७, सोमबार ०६:४५ मा प्रकाशित (४ साल अघि) ८११ पाठक संख्या

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेका हुन् ।

खेलको १३औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुलाई अग्रता दिलाए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न नसक्दा लिभरपुल बराबरीमा रोकियो ।सिटीका डिफेन्डर केली वाल्करले साडियो मानेलाई पेनाल्टी क्षेत्रमा फउल गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो ।

३१औँ मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा फर्काए ।

घरेलु मैदानको बराबरीसँगै सिटीले ७ खेलमा १२ अंक जोडेको छ । सिटी लिगको ११औँ स्थानमा छ ।

बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । तेस्रो स्थानको लिभरपुलले ८ खेलमा १७ अंक जोडेको छ ।