आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

बार्सिलोना छोडेर इभान रेकिटिक सेभिल्लामा अनुबन्धित

गोकर्णेश्वर खबर१७ भाद्र २०७७, बुधबार ०७:२६ मा प्रकाशित (४ साल अघि) ३०५ पाठक संख्या

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर इभान रेकिटिक आफ्नो पुरानो क्लब फर्किएका छन्।

इभानले अर्को ला लिगा क्लब सेभिल्लासँग चार वर्षको सम्झौता गरेका हुन् । ३२ वर्षका इभान सन् २०११ को जनवरीदेखि २०१४ को जुनसम्म सेभिल्लाबाट खेलेका थिए ।

त्यसपछि बार्सिलोना गएका उनी ६ वर्ष बिताएर फेरि पुरानै क्लब फर्किएका हुन् । बार्सिलोनाबाट उनले चारपटक ला लिगा तथा एक पटक च्याम्पियन्स लिगसहित १३ वटा उपाधि जितेका छन् ।