आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

क्वारेटिनमा नै यौन हिंसाका ६२४ वटा घटना

गोकर्णेश्वर खबर२५ असार २०७७, बिहीबार ०७:४६ मा प्रकाशित (३ साल अघि) ५३५ पाठक संख्या

काठमाडौं । नेपालमा रहेका विदेशी दूतावास तथा अन्तर्राष्ट्रिय सहयोग नियोगहरूले नेपालमा कोरोना संकटका बेला क्वारेटिनमा नै यौन हिंसाका ६ सय २४ वटा घटना भएको बताएका छन् ।

उनीहरूले केरोना संकटका समयमा महिला तथा किशोरीविरुद्ध भएका हिंसाका घटनाको तथ्यांक देखाउँदै क्वारेन्टिनमा बसेका महिला तथा बालबालिकाले बढी जोखिमको सामना गर्नुपरेको बताएका हुन् ।

किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ । काठमाडौंस्थित अस्ट्रेलियाली दूतावास, बेलायती वैदेशिक सहायता नियोग (डिएफआइडी), युरोपेली युनियनको प्रतिनिधिमण्डल, फिनल्यान्ड दूतावास, फ्रेन्च दूतावास, जर्मन दूतावास, जापानी दूतावास, वैदेशिक सहायताका लागि जापानी नियोग (जाइका), नर्वेली दूतावास, स्विस दूतावास, नेपालस्थित संयुक्त राष्ट्रसंघ र वैदेशिक सहायताका लागि अमेरिकी नियोग (युएसएआइडी) संयुक्त वक्तव्य जारी गर्दै नेपालको क्वारेन्टिनको अवस्थाबारे संयुक्त धारणा सार्वजनिक गरेका हुन् ।

संयुक्त वक्तव्यमा नेपालमा २८ फागुन २०७६ देखि २४ जेठ २०७७ का बीचमा महिला तथा किशोरीविरुद्ध हिंसाका ६ सय २४ वटा घटना दर्ता भएको पाइएको भनिएको छ । ती अन्तर्राष्ट्रिय समुदायद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘महिलाहरू परिवार तथा समुदायमा फर्कनुअघि सुरक्षित महसुस गरी समय बिताउनुपर्ने क्वारेन्टिनमा नै यौन दुव्र्यव्यवहार भएको घटनाबारे चिन्ताजनक बयानहरू बाहिर आएका छन् ।’

उनीहरूले त्यस्ता प्रकृतिका हिंसाका प्रत्येक घटनाका आरोपलाई गम्भीरतापूवर्क लिई सम्बोधन गर्न र यौन शोषण र दुव्र्यवहारप्रति शून्य सहनशीलता कायम गर्न समेत संयुक्त वक्तव्यमा भनेका छन् । यस्तै, पीडितहरूले उजुरी गर्ने र आवश्यक सेवाहरू तुरुन्त प्राप्त गर्ने सुरक्षित तथा गोप्य माध्यममा पहुँचका साथै न्याय तथा कानुनी उपचार प्राप्त गरेको सुनिश्चित गर्न समेत उनीहरूले वक्तव्यमार्फत भनेका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।