आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

आज सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

गोकर्णेश्वर खबर१२ असार २०७७, शुक्रबार १३:५५ मा प्रकाशित (४ साल अघि) ४०० पाठक संख्या

काठमाडौं- शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सयले घटेर ९० हजार ६ मा कायम भएको छ।

बिहीबार सुन ९१ हजार १ सयमा कारोबार भएको थियो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार एक सय ६० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य ९ सय ४० रुपैयाँमा पुगेको छ। यो अघिल्लो दिनको तुलनमा प्रतितोला ५ रुपैयाँ महँगो हो।