आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

इलाम–२ मा मिलन लिम्बू रास्वपाको उम्मेदवार

गोकर्णेश्वर खबर१६ चैत्र २०८०, शुक्रबार ०८:१८ मा प्रकाशित (१ महिना अघि) १२४ पाठक संख्या

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर–२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेपछि रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रास्वपा महामन्त्री डा. मुकुल ढकालले उम्मेदवारका ५ जना आकांक्षीले लिम्बूलाई समर्थन गरेपछि सर्वसम्मत रुपमा उम्मेदवार बनेको बताए । उपनिर्वाचनको लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।