आज: १९ बैशाख २०८२, शुक्रबार | Fri, 02, May, 2025

संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा पर्दैन : प्रकाशमान सिंह

गोकर्णेश्वर खबर२४ कार्तिक २०८०, शुक्रबार १२:२४ मा प्रकाशित (१ साल अघि) १८३ पाठक संख्या

काठमाडौँ :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संकटमा नपर्ने बताएका छन्।

लौहपुरुष गणेशमान सिंहको १० औँ जन्मजयन्तीमा आयोजित कार्यक्रमका क्रममा बोल्दै नेता सिंहले अहिले जनताले डेलिभर खोजिरहेको भन्दै जनताको जीवनस्तर उठाउन त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए।

‘जनतालाई डेलिभरी गर्न तिनै तहका सरकारलाई आवश्यक अधिकार दिएर हामी अगाडि बढ्नुपर्छ,’ उनले भने। स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारलाई प्रभावकारी बनाउनुपर्ने सिंहले बताए।