आज: २९ बैशाख २०८२, सोमबार | Mon, 12, May, 2025

एमालेको केन्द्रीय समिति बैठक आज सुरु हुँदै

गोकर्णेश्वर खबर१० भाद्र २०७९, शुक्रबार ०७:११ मा प्रकाशित (२ साल अघि) १४७ पाठक संख्या

काठमाडौँ – स्थायी कमिटी बैठकले तय गरेका १९ वटा एजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आज सुरु हुँदैछ ।

आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका एजेन्डामा छलफल गर्नका लागि आज केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो ।

प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङका अनुसार बैठक दुई दिनसम्म चल्नेछ । हिजो बसेको पोलिटब्युरो बैठकले आजका एजेन्डा तय गरेको थियो।