आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए शपथ

गोकर्णेश्वर खबर२७ कार्तिक २०७८, शनिबार १६:५८ मा प्रकाशित (२ साल अघि) १४१ पाठक संख्या

२७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् । सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । शपथ पछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका छन् ।

केन्द्रीय कमिटीले पूर्णता पाएपछि पहिलो पटक बैठक शुरु भएको छ ।