आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

र्‍यापर कार्डी बी गर्भवती,सार्वजनिक गरिन् यस्ता तस्बिर

गोकर्णेश्वर खबर१५ असार २०७८, मंगलवार १९:२० मा प्रकाशित (३ साल अघि) ७८६ पाठक संख्या

काठमाडौं । २८ वर्षकी बेल्कालिस मार्लेनिस अल्मान्जर अर्थात् र्‍यापर कार्डी बी गर्भवती भएकी छिन्।

श्रीमान अफसेट र आफू दोस्रो सन्तानको अभिभावक बन्न लागेको उनले सामाजिक सन्जालमार्फत् बताएकी हुन्।

हालै मात्र उनको म्युजिक भिडिओ ‘वाप’ले बेट अवार्डमा वर्षकै उत्कृष्ट भिडिओको अवार्ड जितेको थियो।

यसअघि उनीहरुबाट छोरी जन्मिएको थियो। कल्चर कियारी सेफस हाल ३ वर्षकी भएकी छिन्।

सामाजिक संजालमा कार्डी बीले केही तस्बिर सार्वजनिक गरेकी छिन्।

त्यहाँ उनले स्पष्ट रुपमा गर्भवती भएको बताउन बेबी बम्प देखाएकी छिन्।