आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

जानवीका हट तस्बिर

गोकर्णेश्वर खबर२९ चैत्र २०७७, आईतवार २२:२१ मा प्रकाशित (३ साल अघि) ४५६ पाठक संख्या

एजेन्सी – बलिउड स्टारहरुका लागि माल्दिभ्स सबैभन्दा प्रिय देश मानिन्छ । विशेषगरि, कामको थकानबाट मुक्ती पाउनका लागि बलिउड स्टारहरु माल्दिभ्स पुग्छन् । विदा मनाउनका लागि उनीहरुको पहिलो रोजाइको गन्तव्य बनेको छ माल्दिभ्स ।

अब, बलिउड नायिका जानवी कपुर पनि बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । उनले, सामाजिक संजालमा माल्दिभ्समा रमाइलो गर्दै गरेका तस्वीर शेयर गरेकी छिन् । अस्ताउँदै गरेको सूर्यलाई पृष्ठभूमीमा पार्दै जानवीले स्विमसुटमा तस्वीर शेयर गरेकी छिन् । जसमा, उनी निकै नै हट देखिएकी छिन् ।

जानवीले आफू माल्दिभ्समा बिदा मनाउन ढिलो आएको तर यसको महत्व बल्ल वुझेको उल्लेख गरेकी छिन् । कपुर अभिनित चलचित्र ‘रुही’ यो बर्ष रिलिज भएको थियो । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेको थियो ।