आज: २० बैशाख २०८२, शनिबार | Sat, 03, May, 2025

करिश्मा मानन्धरलाई महानायिकाको उपाधि

गोकर्णेश्वर खबर२७ माघ २०७७, मंगलवार २३:०० मा प्रकाशित (४ साल अघि) २७८ पाठक संख्या

काठमाडौं – नेपाली चलचित्रकी सदाबहार नायिका करिश्मा मानन्धरलाई महानायिकाको उपाधि दिइएको छ। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा आरके इन्टरटेनमेन्टले करिश्मालाई महानायिका घोषणा गरेको हो।

१४ वर्षको कलिलो उमेरदेखि अभिनय यात्रा सुरु गरेकी मानन्धरले नेपाली फिल्म क्षेत्रलाई लामो समयदेखि दिएको योगदानको कदर गर्दै उक्त उपाधि दिइएको आयोजकको भनाई छ ।
महानायकको रूपमा भने राजेश हमाललाई दर्शकले नै उपाधि दिएका छन् ।