आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

कांग्रेस वरिष्ठ नेता पौडेलको घरमा एकजनालाई कोरोना संक्रमण, पौडेल आइसोलेसनमा

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार २१:०४ मा प्रकाशित (३ साल अघि) २०२ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको घरमा एकजनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

वरिष्ठ नेता पौडेलले सामाजिक सञ्‍जाल ट्विटरमार्फत आफ्नो घरमा एक कर्मचारीलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् ।

नेता पौडेलले आफू केही दिनका लागि आइसोलेसनमा रहनेसमेत जनाएका छन् ।

उनले ट्विटरमा भनेका छन्, “मेरो घरमा एक कर्मचारीमा कोभिड-१९ संक्रमण देखिएकाले केही दिनको लागि आइसोलेनसनमा रहने छु । म र मेरो परिवारका अन्य कुनै सदस्यमा अहिलेसम्म कुनै लक्षण देखिएको छैन ।”